मुख्य समाचार

आज बाला चतुर्दशी पर्व मनाइदै

आज बाला चतुर्दशी पर्व मनाइदै

२५ मंसिर, काठमाडौं । हिन्दु धर्मावलम्बीहरुले आज देशभरका चर्चित पर्वमध्येको एक बाला चतुर्दशी मनाउँदैछन् ।

मंसिर कृष्ण चतुर्दशीका दिन पशुपति क्षेत्रको कैलाश, गौरीघाट, आर्यघाट, गुहेश्वरी, पञ्चासे, गलेश्वर र देशका शिवका तीर्थस्थलमा पवित्र बिउ रोपिन्छ । आइतबार बिहानैदेखि पशुपतिनाथ मन्दिरमा देशका विभिन्न स्थानबाट भक्तजनको घुइँचो लागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । चर्को तापक्रमलाई ध्यानमा राखेर भक्तजनलाई लक्षित गरी टेन्ट र अन्य व्यवस्था मिलाइएको ट्रष्टले जनाएको छ भने ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

बाला चतुर्दशीको दिन मृतकका परिवारले मृतकको चिरशान्तिको कामना गर्दै सतबीज (भिन्न सय बीउ) र बत्ती बाल्छन् । हिन्दू पौराणिक मान्यता अनुसार भगवान शिवसँग सम्बन्धित तीर्थस्थल र पशुपति क्षेत्रमा मृतकको नाममा त्यस्ता बीउ छर्दा पितृको स्वर्गमा स्थान हुन्छ र परिवारमा सुख प्राप्त हुन्छ ।

पशुपति क्षेत्रमा देशका विभिन्न स्थानबाट आउने भक्तजनको भीड मंसिर कृष्ण त्रयोदशीका दिन आफ्ना दिवंगत पुर्खाहरूको नाममा दीप प्रज्वलन गर्ने र भजन गाउँदै रातभर जाग्राम बस्ने । चतुर्दशीको दिन बिहानै पवित्र स्नान गरेर सतबीज रोप्छन् ।

१३४ पटक हेरीएको

सम्बन्धित समाचार