अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्।
उक्त जुका ८ सेन्टिमिटर लामो छ। तार जस्तो देखिने उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको हो।
मस्तिष्कमा जिउँदो जुका भएकी ती महिलामा अस्वाभाविक लक्षणहरू देखिएका थिए। उनलाई पेट दुख्ने, खोकी लाग्ने र रातको समयमा पसिना आउने जस्ता समस्या देखिएका थिए।
उनमा बिस्तारै बिर्सँदै जाने र डिप्रेसनका लक्षणहरू पनि देखिएका थिए।
१९९ पटक हेरीएको