२० पौष, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सका पाइलट सम्राटबहादुर शाहलाई पदोन्नतिका लागि नक्कली शैक्षिक परिचयपत्र बनाएको भन्दै मुद्दा दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नमहरि घिमिरेले जुनियर क्याप्टेनबाट आठौं तहको कप्तानमा बढुवा गराउने उद्देश्यले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेको भन्दै पाइलट शाहविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको हो ।
अख्तियारले अनुसन्धानपछि उनको शैक्षिक परिचयपत्र नक्कली फेला पारेको थियो ।
प्रवक्ताका अनुसार पाइलट शाहले भारतको उत्तर प्रदेशको गोरखपुरस्थित भिएसजे इन्टर कलेजबाट फर्स्ट डिभिजनमा इन्टरमिडिएट तह उत्तीर्ण गरेको देखाउँदै नक्कली प्रमाणपत्र पेश गरेका थिए ।
१४८ पटक हेरीएको