मुख्य समाचार

राष्ट्रियसभाका १९ सिटका लागि ५२ जना उम्मेदवार मैदानमा

राष्ट्रियसभाका १९ सिटका लागि ५२ जना उम्मेदवार मैदानमा

२४ पौष, काठमाडौं । माघ ११ गते हुन लागेको १९ वटा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सातै प्रदेशका सम्बन्धित निर्वाचन कार्यालयमा आज विभिन्न विधाका लागि उम्मेदवारी दर्ता भएको हो । सात प्रदेशमा आज ५२ जनाको उम्मेदवारी परेको छ जसमा महिलातर्फ १७, दलिततर्फ ६, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक समुदायका आठ र अन्य समूहका २१ जना उम्मेदवार रहेका छन् ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिएको जानकारी दिए ।

कोशी र मधेश प्रदेशमा पाँच/पाँच, वाग्मती प्रदेशमा १५, गण्डकी प्रदेशमा आठ, लुम्बिनी प्रदेशमा सात, कर्णाली र सुदूरपश्चिम प्रदेशमा छ–६ जनाको उम्मेदवारी परेको छ ।

आयोगले घोषणा गरेको निर्वाचन क्यालेन्डरअनुसार पुष २४ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न सकिने, उम्मेदवारी परेका उजुरी र परेका उजुरीहरूको समीक्षा गरी पुष २५ र २६ गते उम्मेदवारको नामावली प्रकाशन गरिने, उम्मेदवारले आफ्नो नाम फिर्ता लिन सक्नेछन् । पुष २७ गते नामावली र अन्तिम नामावली प्रकाशित हुनेछ भने पुष २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह वितरण गरिनेछ ।

१२८ पटक हेरीएको

सम्बन्धित समाचार