मुख्य समाचार

पाँच वर्षमा शतप्रतिशत साक्षरता; शिक्षा क्षेत्रमा १७ प्रतिशत बजेट

पाँच वर्षमा शतप्रतिशत साक्षरता; शिक्षा क्षेत्रमा १७ प्रतिशत बजेट

२५ पौष, काठमाडौं । अहिले मस्यौदाको चरणमा रहेको १६औँ पञ्चवर्षीय आवधिक योजनाले मुलुकमा शत प्रतिशत साक्षरता सुनिश्चित गर्ने लक्ष्य राखेको छ ।

सरकारले आगामी पाँच वर्षभित्र पाँच वर्ष र सोभन्दा माथिका बालबालिकाको साक्षरता दर शतप्रतिशत पु¥याउने लक्ष्य राखेको छ । १६औं आवधिक योजनाको मस्यौदामाथि सोमबार र मंगलबार भएको छलफलमा यस्तो धारणा राखिएको हो । राष्ट्रिय योजना आयोगका अनुसार हाल पाँच वर्ष वा सोभन्दा माथिका बालबालिकाको साक्षरता दर ७६.२ मात्र रहेको छ । १६औँ योजना वा आर्थिक वर्ष २०८५/८६ को अन्त्यसम्ममा साक्षरता शतप्रतिशत पु¥याउने लक्ष्य राखिएको छ ।

त्यसैगरी शिक्षण सिकाइ सुधार गर्न सबै विद्यालयमा इन्टरनेटको पहुँच सुनिश्चित गर्ने लक्ष्य पनि योजनाले अघि सारेको छ । सहरी विद्यालयमा अध्यापन र सिकाइका लागि इन्टरनेटको पहुँच भए पनि देशका सबै विद्यालयको पहुँचमा भने पुगेको छैन । इन्टरनेट पहुँच दर अहिले ३५ दशमलव ९ प्रतिशत रहेको र पाँच वर्षभित्र शतप्रतिशतमा पु¥याउने छ । तर, मस्यौदामा तोकिएको लक्ष्य भने टुंगो लाग्न बाँकी रहेको नेकपाका सदस्य डा रमेशचन्द्र पौडेलले बताए ।

नेपाल कम्युनिष्ट पार्टीले शिक्षा क्षेत्रको बजेट १७ प्रतिशत पुर्‍याउने विचार पनि राखेको छ ।

१६८ पटक हेरीएको

सम्बन्धित समाचार