२६ पौष, काठमाडौं । बलात्कारको उजुरी परेपछि फरार रहेका एक युवकलाई कतारबाट पक्राउ गरी देश निकाला गरिएको छ ।
खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ का १९ वर्षीय किरण राईविरुद्ध रेड कर्नर नोटिस जारी भएपछि इन्टरपोलको सहयोगमा पक्राउ परेका हुन् । दोहास्थित इन्टरपोल नेशनल सेन्ट्रल ब्युरो (एनसीबी)सँगको समन्वयमा राईलाई कतारबाट पक्राउ गरिएको हो । रेड कर्नर नोटिस जारी भएको पाँच दिनपछि पक्राउ परेका राईलाई आज सम्बन्धित मुद्दामा कारबाहीका लागि नेपाल पठाइएको छ । राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएको र अनुसन्धानका क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतार गएको खुलेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
१७८ पटक हेरीएको