६ माघ, काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले रुसी सेनामा नेपाली नागरिक भर्ती नगर्न र भर्ना भएका नेपाली नागरिकलाई स्वदेश फर्काउन रुसलाई आग्रह गरेका छन् । उनले युगान्डाको राजधानी कम्पालामा रुसका उपविदेशमन्त्रीसँग भेटवार्ता गरे । मन्त्री साउदले रुसी सेनामा रहेका नेपाली नागरिकलाई भर्ना नगर्न आग्रह, भर्ना भइसकेकालाई रिहा गर्न, मृतकको शव स्वदेश फर्काउने, क्षतिपूर्तिलगायतका विषय उठाएका थिए ।
रुसी उपविदेशमन्त्रीले नेपाली पक्षले उठाएका समस्या समाधानका लागि पहल गरिने बताए ।
२१४ पटक हेरीएको