मुख्य समाचार

कैलाली कारागारमा फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएकोः मानव अधिकार आयोगको ठहर

कैलाली कारागारमा फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएकोः मानव अधिकार आयोगको ठहर

 मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयले कैलाली कारागारमा शुक्रबार राति भएको घटनामा गम्भीर लापरबाही भएको औंल्याएको छ ।

मानव अधिकार आयोगको टोलीले कारागार कार्यालयको निरीक्षण गर्दै कारागार प्रशासन र फितलो सुरक्षाका कारण कारागारभित्र हिंसात्मक घटना भएको जनाएको छ ।

मानव अधिकार आयोग धनगढीका प्रमुख प्रकाशदत्त भट्टले घटनापछि शनिबार दिउँसो कारागारको निरीक्षण गरिएको बताए । निरीक्षणका क्रममा कारागार प्रशासनका प्रमुख विदामा भएको कारण समन्वयको अभाव, आन्तरिक सुरक्षामा लापरवाही, क्षमता भन्दा बढि कैदीबन्दी र कैदीबन्दीको स्थान्तरण पारदर्शी हिसाबले नभएको लगायतका कारणले घटना हुन पुगेको देखिएको बताए । भट्टले कारागारभित्रका अन्य कैदीबन्दीको अवस्था भने समान्य रहेको बताए । उनले स्थानीय प्रशासनलाई घाइतेको उपचारमा कुनै कसर बाँकी नराख्न र उनीहरूका आफन्तलाई सहज रूपमा भेटने वातावरण बनाउन समेत निर्देशन दिइएको बताए ।

कैलाली कारागारमा भएको झडपका गम्भिर घाइते भएका आयुश भट्टलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं ल्याइएको छ । उक्त झडपका क्रममा गोदावरी नगरपालिका–२ का आयुश गम्भीर घाइते भएका थिए । झडपमा एक जनाको मृत्यु भएको थियो भने ४७ जना घाइते भएका थिए । शनिबार दिउँसो पनि कारागाराको अवस्था असामान्य बनेको थियो । कारागारभित्र रहेका कैदीहरूले केहीबेर कारागार नै नियन्त्रणमा लिएका थिए ।

४५४ पटक हेरीएको

सम्बन्धित समाचार