पूर्वपश्चिम राजमार्गको सुनसरी खण्डमा एउटा बस र माइक्रो एकआपसमा जुद्धा ३ जनाको मृत्यु भएको छ भने कम्तीमा १५ जना घाइते भएका छन्।
सुनसरीको नरसिंह गाउँपालिका-३ मा मे १ ख १७९९ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आइरहेको प्रदेश २–०१–००१ ज ००४७ नम्बरको माइक्रोबस आज आसमा ठोक्किएका हुन्। दुबै सवारीमा यात्रुहरू भरिएका थिए।
जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरुको सनाखत भइरहेको छ भने घाइतेहरूको इनरुवा अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
बस र हाइस एकआपसमा ठोकिदा ३ जनाको मृत्यु
३९१ पटक हेरीएको