रोल्पा, त्रिवेणी गाउँपालिका–२ भाँगोबारीस्थित पुलको वाल पहिरोका कारण भत्किएको छ। शनिबार बिहान करिब ११ बजे आएको पहिरोले पुल नजिकैको भाग क्षतिग्रस्त बनाएको हो।
स्थानीय स्रोतका अनुसार पहिरो खस्दा पुल करिब १० फिट तल सरेको छ भने भत्किएको वाललाई नयाँ निर्माण नगरी पुनः सुचारु गर्न नसकिने अवस्था देखिएको छ। अहिलेको वर्षाका कारण थप क्षति हुने अनुमान गरिएको छ।
हाल पुलमार्ग अवरुद्ध भएपछि पुलमुनी रहेको पुरानो बाटोलाई वैकल्पिक रूपमा सञ्चालन गरिएको छ। यद्यपि, वर्षा जारी रहेकाले भोलि बिहान थप समस्या आउने सम्भावना रहेको बताइएको छ।
३९४ पटक हेरीएको