समाचार

तनाव व्यवस्थापनका लागि ध्यान आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

तनाव व्यवस्थापनका लागि ध्यान आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

असोज ७, काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले जीवनमा एकपटक ध्यान आन्तरिक र अभ्यास गरेपछि तनाव व्यवस्थापनको प्रभावकारी औजार बन्ने बताउनुभएको छ ।

शनिबार सशस्त्र प्रहरी बलको मुख्यालयमा आयोजित एकदिवसीय आत्मजागरण अभियान तथा ध्यान कार्यशालाको समापन सत्रमा उपप्रधानमन्त्री श्रेष्ठले ध्यानलाई जीवनको अत्यावश्यक सीपका रुपमा लिएका थिए ।

तर, ध्यानको सही प्रक्रिया पहिचान गरी सोही अनुसार अभ्यास गर्नुपर्ने उनले जोड दिए । त्यस्तै, उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतमा ध्यान र योगलाई अनिवार्य गरिने जानकारी दिए । कार्यालय समयको शुरुवातमा कर्मचारीहरुलाई १५ मिनेट ध्यान र योग गराइने छ । यसअघि कार्यशालाको अध्यक्ष रामचन्द्र पौडेलले उद्घाटन गरेका थिए ।

कार्यशालामा प्रधानन्यायाधीश, प्रधानसेनापति, गृहसचिव, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाल प्रहरीका वरिष्ठ अधिकारीलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको थियो ।

१५३ पटक हेरीएको

सम्बन्धित समाचार