असोज ८, काठमाडौं । रामेछापको मन्थलीबाट लुक्लाका लागि आइतबारदेखि उडान सुरु भएको छ । मन्थली विमानस्थलबाट आइतबारदेखि तारा एयर, समिट एयर र सीता एयरका जहाजले विदेशी पर्यटकका लागि उडान भरेका छन् ।
पर्यटकीय सिजनमा काठमाडौं विमानस्थलमा हवाई चाप बढेपछि तीनवटा वायुसेवा कम्पनीले मन्थलीबाट लुक्ला उडान गरिरहेका छन् ।
हाल एयरलाइन्स कम्पनीहरूले पर्यटकलाई बसबाट मन्थली र त्यसपछि विमानबाट लुक्लासम्म पु¥याउने गरेका छन् । यस वर्ष पर्यटकीय सिजन सुरु भएसँगै मौसम अनुकूल भएमा वायुसेवा कम्पनीहरूले अधिकतम उडान गर्ने अपेक्षा गरेका छन् ।
काठमाडौं नजिकैको विमानस्थल भएकोले मन्थली विमानस्थल पूर्वी क्षेत्रमा इन्धन भर्ने सेवा र विमानको आकस्मिक अवतरण गर्ने ठाउँ भएको एकमात्र विमानस्थल हो।
१२९ पटक हेरीएको