खेलकुद

यू–१९ साफ च्याम्पियनसिपः नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा

यू–१९ साफ च्याम्पियनसिपः नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा

असोज ८, काठमाडौं । काठमाडौंमा जारी यू–१९ साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले आज (सोमबार) माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । विजेता टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्ने छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको थियो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै पाकिस्तान सेमिफाइनलमा पुगेको हो ।

समूह ‘ए’ मा रहेको पाकिस्तान दुई खेलमा चार अंक जोडेर सेमिफाइनलमा प्रवेश गरेको छ । नेपाल समूह ‘ए’ मा पाकिस्तान र माल्दिभ्ससँगै परेको छ । पाकिस्तानले दुई खेलबाट चार र माल्दिभ्सले एक खेलबाट एक अंक जोडेको छ । नेपालले अहिलेसम्म कुनै अंक जोड्न सकेको छैन ।

१६० पटक हेरीएको

सम्बन्धित समाचार