लुम्बिनी

लुम्बिनी सरकारले राउटे समुदायलाई दशैं खर्च दिने

लुम्बिनी सरकारले राउटे समुदायलाई दशैं खर्च दिने

असोज १०, तुलसीपुर, दाङ । लुम्बिनी प्रदेश सरकारले सुर्खेत जिल्लाका राउटे समुदायलाई दशैं खर्च उपलब्ध गराएको छ ।

लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयले राउटेहरूलाई दशैंको खर्च उपलब्ध गराउन माग गर्दै आज मन्त्रालय पुग्यो । आर्थिक मामिला मन्त्रालय धनबहादुर मास्कीले राउटे नेता विरखबहादुर शाही, लालबहादुर शाही र जीवन शाहीलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

राउटे समुदायले हरेक वर्ष विभिन्न चाडपर्व तीज, दशैं र तिहारमा खर्चको माग गर्दै आएका छन् । उनीहरुले केही दिनयता दाङ र आसपासका सरकारी कार्यालयमा दशैंको खर्च मागेका थिए ।

१६१ पटक हेरीएको

सम्बन्धित समाचार