मधेस

नेता नेपालले सुशासन, न्यायलाई संस्थागत गर्नुपर्नेमा जोड

नेता नेपालले सुशासन, न्यायलाई संस्थागत गर्नुपर्नेमा जोड

असोज १२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सुशासन र न्यायलाई संस्थागत गर्दै सर्वाङ्गीण विकासको सुनिश्चितता गर्नुपर्नेमा जोड दिनुभएको छ ।

पार्टीको जारी ‘समाजवादी जागरण अभियान’ अन्तर्गत बुधबार महोत्तरीको सदरमुकाम जलेश्वरमा आयोजित कार्यक्रममा बोल्दै नेताले देशका यस्ता अत्यावश्यक आवश्यकतालाई सम्बोधन गर्न पार्टी प्रतिबद्ध रहेको बताए । नेकपा (एकीकृत समाजवादी) सधैं समाजमा हुने कुनै पनि प्रकारको अनियमितता र अन्यायको विरुद्धमा छ ।

पार्टीका उपाध्यक्ष तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले अभियानलाई सफल बनाउन व्यापक सहयोगको अपेक्षा गरेका छन् । पार्टीले भनेको छ, ‘जनतालाई अधिकारप्रति सचेत गराउँदै नागरिकको अधिकार स्थापित गर्ने अभियानको उद्देश्य रहेको छ ।

१७५ पटक हेरीएको

सम्बन्धित समाचार