हाईलाइट

बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाए बैठक

बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्री दाहालले बोलाए बैठक

असोज १२, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को बैठक आज बोलाएका छन् ।

मंगलबार दिउँसो गएको ६.३ म्याग्नीच्युडको भूकम्पबाट बझाङ जिल्लामा गएको भूकम्प, क्षतिको विवरणबारे छलफल भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सरकारले राहत प्याकेज, भूकम्पपीडितको पुनःस्थापनालगायतका कार्ययोजनासमेत बैठकमा प्रस्तुत गर्ने बताइएको छ ।

दिउँसो २ बजेर ४३ मिनेटमा बझाङ जिल्लालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।

प्रधानमन्त्री दाहालले बुधबार बझाङ जिल्लाका जनप्रतिनिधि र राजनीतिक नेतृत्वलाई बोलाएर भूकम्पको अवस्थाबारे जानकारी लिन आग्रह गरेका हुन् ।

१३८ पटक हेरीएको

सम्बन्धित समाचार