असोज २१, काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले विद्यालय शिक्षा विधेयक, २०८० माथि विचारको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।
त्यसैगरी सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयक, २०८० माथिको छलफल र निर्णयको प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सोही बैठकमा विद्युत् विधेयक, २०८० माथि विचार गरियोस् भनी प्रस्ताव पेश गर्ने संसद सचिवालयले जनाएको छ ।
२५० पटक हेरीएको