कार्तिक ५, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना यही कात्तिक १३ र १५ गते लुआन्डामा हुने इन्टर पार्लियामेन्टरी युनियन (आइपीयू)को १४७औँ महाधिवेशनमा सहभागी हुन नौ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति अंगोला प्रस्थान गरेका छन् ।
संघीय संसद् सचिवालयका सहप्रवक्ता नेपाल संघीय संसद्को तर्फबाट अध्यक्ष तिमिल्सिनाले आइपीयूको महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रतिनिधिमण्डलमा राष्ट्रियसभाका सदस्यद्वय जितेन्द्रनारायण देव र कुमार दासौदी, प्रतिनिधिसभा सदस्य रिपासोसी चौधरी र सन्तोष परियार, संघीय संसद सचिव भरतराज गौतम, सहसचिव बविता मिश्र, उपसचिव त्रिविक्रम पराजुलीलगायत सहभागी छन् ।
१८९ पटक हेरीएको