कार्तिक ६, पाल्पा । रानीमहल सडकखण्डअन्तर्गत बैकुन्ठेमा जीप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
पाल्पा सदरमुकाम तानसेनबाट रानीमहल जाने क्रममा जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आइतबार साँझ ५ बजेतिर बागमती प्रदेश ७२०९ नंको जीप दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।
दुर्घटनास्थलमा प्रहरी टोली यात्रुको उद्धारका लागि पुगेको छ ।
१७४ पटक हेरीएको