गण्डकी

दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

दोस्रो लामो झोलुङ्गे पुल निर्माण अन्तिम चरणमा

कार्तिक १३, काठमाडौं । ‘सिङ्गल स्प्यान’ प्रविधिमा आधारित विश्वकै सबैभन्दा लामो झोलुङ्गे पुलको रुपमा अघि बढेको कालीगण्डकी नदीमा अर्को लामो पुल निर्माण भइरहेको छ । सिंगल स्प्यान प्रविधिको विश्वकै दोस्रो लामो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ । पुलले बागलुङ जिल्लाको बांगेचौरलाई पर्वत जिल्लाको अदुबारीसँग जोड्ने छ ।

यी दुई स्थान जोड्ने ५६७ मिटर लामो पुल चार वर्षअघि निर्माण भएको थियो । बागलुङ नगरपालिकाले यस पुललाई ‘गण्डकी स्वर्णिम झुला’ नाम दिएको छ । अब बागलुङ–४ लाई जलजला गाउँपालिका–८ पर्वत जोड्ने दोस्रो लामो पुल निर्माण भइरहेको छ । यो पुल ५२४ मिटर लामो र कालीगण्डकी नदीबाट १८५ मिटर माथि छ । पुल निर्माणले बागलुङ र पर्वतको यात्राको दुरी घट्नुका साथै जिल्लाबीचको कृषिजन्य वस्तुको ढुवानीमा पनि सहज हुने छ । साथै, पुल पर्यटकीय आकर्षणको केन्द्र बन्नेछ।

शिलान्यास भएको एक वर्षभित्र यस पुलको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको बताइएको छ । कुल रु ८२ करोड ३ लाखको लागतमा पुल निर्माण हुन लागेको हो ।

१७५ पटक हेरीएको

सम्बन्धित समाचार