मुख्य समाचार

कामपाले दुई महिनामा १ अर्ब १७ करोड राजश्व संकलन

कामपाले दुई महिनामा १ अर्ब १७ करोड राजश्व संकलन

कार्तिक १५, काठमाडौं । काठमाडौं महानगरपालिकाले विगत दुई महिनामा १ अर्ब १७ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २३ करोड रुपैयाँ बढी हो ।

गत वर्ष समीक्षा अवधिमा कामपाले ९३ करोड ४१ लाख राजश्व संकलन गरेको थियो । पछिल्ला दिनमा वडा कार्यालयले राजस्व उठाउन थालेपछि लामो समयदेखि अलपत्र परेको ठूलो रकम प्राप्त भएको कामपा राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले बताउनुभयो ।

३२ वडाले कर संकलन सेवा सुरु गरेपछि करदाताको संख्या पनि बढेको छ । सम्पत्ति कर र घर भाडा तिर्ने करदाताको संख्या ह्वात्तै बढेको बताइएको छ । कामपाले घरजग्गा कर, घरभाडा कर, मनोरञ्जन कर, विज्ञापन करलगायत नौवटा शीर्षकमा कर असुली गर्दै आएको छ ।

कामपाले चालू आर्थिक वर्षमा १० अर्ब ४१ करोड राजश्व संकलन गर्ने लक्ष्य राखेको छ ।

२५३ पटक हेरीएको

सम्बन्धित समाचार