मुख्य समाचार

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनले पीडितलाई केन्द्रमा राख्नुपर्छ : प्रधानमन्त्री दाहाल

सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनले पीडितलाई केन्द्रमा राख्नुपर्छ : प्रधानमन्त्री दाहाल

कार्तिक १६, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सहमतिका आधारमा र पीडितलाई केन्द्रमा राखेर सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन छिट्टै बन्ने बताउनुभएको छ ।

नेकपा (एमाले)ले बुधबार पार्टी मुख्यालयमा आयोजना गरेको चियापान कार्यक्रममा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस विषयमा प्रमुख राजनीतिक दलका नेताहरुसँगको छलफल सकारात्मक रुपमा अघि बढेको बताए । उनले यस विषयमा हालै नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको बताए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकको वर्तमान अवस्थाप्रति राजनीतिक दल गम्भीर हुनुपर्ने बताए ।

उनले मुलुकको समृद्धि सबैको लक्ष्य भएकाले साझा हितका विषयमा केन्द्रित हुन राजनीतिक नेताहरुलाई आग्रह गरे ।

सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कांग्रेस सभापति देउवा, पूर्वप्रधानमन्त्रीहरु–झलनाथ खनाल र बाबुराम भट्टराई, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, महासचिव डा. कार्यक्रममा नेकपा (माले)का सीपी मैनालीलगायतको उपस्थिति रहेको थियो ।

१७६ पटक हेरीएको

सम्बन्धित समाचार