मुख्य समाचार

लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलायो

कार्तिक १६, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय (केभीसीआईओ) को टोलीले लागुऔषध कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीले फायरिङ गर्नुपरेको थियो ।

पक्राउ पर्नेमा भारत पश्चिम बङ्गालका ४८ वर्षीय मोहम्मद करीम र झापा जिल्ला केचन गाउँपालिका–८ का ३५ वर्षीय हर्क लिम्बु रहेको केभिसीआईओका प्रवक्ता प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

‘आत्मरक्षाका लागि प्रहरीले गोली चलाउँदा मोहम्मद करीम घाइते भएका छन्, उनको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ,’ रेग्मीले भने । प्रहरीले ६ दशमलव ७५ एमएमको पेस्तोल र त्यसका तीन राउण्ड गोली, ब्राउन सुगर जस्तो देखिने २ सय ग्राम लागूऔषध र एक थान तौल समेत बरामद गरेको छ ।

१६६ पटक हेरीएको

सम्बन्धित समाचार