मुख्य समाचार

राष्ट्रपति पौडेलद्वारा नेपाल संवत् ११४४ को शुभकामना व्यक्त

राष्ट्रपति पौडेलद्वारा नेपाल संवत् ११४४ को शुभकामना व्यक्त

२८ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ को पावन अवसरमा नेवा: समुदाय तथा सम्पूर्ण देशवासीमा शुभकामना व्यक्त गरेका छन् ।

सो अवसरमा उनले नेपाल संवत् पात्रोको सुरुवात गरी काठमाडौं उपत्यकावासीलाई ऋणबाट मुक्त गराउने समाजसेवी शङ्खधर साखावाप्रति श्रद्धाञ्जली अर्पण गरे । राष्ट्रपतिले शङ्खधर साख्वाको कार्य हरेक समाजमा उदाहरणीय रहेको बताइन् । नेपालमा मनाइने चाडपर्वले सभ्य समाज निर्माण र सामाजिक सहिष्णुता प्रवर्द्धनमा योगदान पु¥याएको बताउँदै राष्ट्रपतिले नेपाल संवत्लाई नेपालको ‘मूल पात्रो’ भनेका छन् ।

नेपाल संवत् कार्तिक महिनाको औषत चन्द्रमाको पहिलो दिनबाट सुरु हुन्छ । विशेषगरी काठमाडौं, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल र दोलखामा यो पर्व मनाइन्छ । नेपाल संवत्ले आपसी सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै यस विशेष अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको कामना गर्नुभएको छ ।

२१४ पटक हेरीएको

सम्बन्धित समाचार