३० कात्तिक, काठमाडौं । हङकङमा जारी चार राष्ट्रको महिला टी–२० सिरिजअन्तर्गत नेपालले आज दोस्रो खेल हङकङसँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान ११ बजेर ४५ मिनेटमा हुनेछ । बुधबार तान्जानियासँग २७ रनले पराजित भएपछि नेपालले यो खेल जितेर अर्को चरणमा पुग्ने दबाबमा रहेको छ । अर्कोतर्फ, हङकङले यसअघि आफ्नो पहिलो खेलमा बुधबार जापानविरुद्ध जित हासिल गरेपछि उपाधि जित्ने पक्का छ । समूहको अर्को खेल आज बिहान ७ः१५ बजे तान्जानिया र जापानबीच हुनेछ । टस जितेर फिल्डिङ गर्दै जापान ।
पहिलो खेलमा नेपाल तान्जानियासँग २७ रनले पराजित भएको थियो । खेलमा आयोजक हङकङ, नेपाल, तान्जानिया र जापान गरी चार देशको सहभागिता रहेको छ । आईसीसी वरियतामा नेपाल २१औँ, तान्जानिया १९औँ, हङकङ २२औँ र जापान ५१औँ स्थानमा छ ।
नेपालले समूह चरणको अन्तिम खेल आगामी नोभेम्बर १८ मा जापानसँग खेल्दैछ । खेलका लागि नेपाली क्रिकेट टोलीमा कप्तान इन्दु बर्मासहित अन्य खेलाडीहरु विन्दु रावल, रुविना क्षेत्री, सीता रानामगर, अस्मिना कर्माचार्य, काजोल श्रेष्ठ, कञ्चन श्रेष्ठ, खुसी डंगोल र अन्य खेलाडी छन् । संगीता राई, सोनी पाख्रिन, सोमु विष्ट, पूजा महतो रोमा थापा र सम्झना खड्का । राष्ट्रिय महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवाल हुन् ।
१५७ पटक हेरीएको