३० कात्तिक, काठमाडौं । सुनसरीमा छुट्टाछुट्टै सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोट चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बु रहेका छन् । उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । को २ ह ५५६५ नम्बरको टेम्पो सडकबाट चिप्लिएर दुर्घटना भएको हो । घाइते चारै जनाको अस्पतालमा उपचार भइरहेको भण्डारीले बताए । फरार टेम्पो चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै सुनसरीको इनरुवामा बा २७प ८७०१ नम्बरको मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–३ का ६० वर्षीय बालकुमार खतिवडाको विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
१५५ पटक हेरीएको