मधेस

रौतहटबाट आधुनिक हतियार बरामद

रौतहटबाट आधुनिक हतियार बरामद

४ मंसिर, काठमाडौं । रौतहटबाट आधुनिक हतियार बरामद रौतहटले चारवटा आधुनिक हतियार बरामद गरेको छ ।

रौतहटको यमुनामाई नगरपालिका–३ स्थित एक घरबाट सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले एक थान एयर गन, तीन नाइन एमएम पेस्तोल र १३ थान गोली र छ म्यागजिन बरामद गरेको छ । घरबाट बरामद गरिएका हतियारमध्ये दुई थान पेस्तोलमा ‘मेड इन युएस’ र एउटा ‘मेड इन इन्डिया’ लेबल रहेको छ । सूचनाको आधारमा प्रहरीले शेख अजाजको नाम उल्लेख गरेको नागरिकता प्रमाणपत्र र सिमकार्डसहितको मोबाइल फोन पनि बरामद गरेको छ।

उक्त क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ । तर, स्थानीयले प्रहरी र सेक्युरिटी भ्यानमा ढुंगामुढा गरेका थिए ।

१४५ पटक हेरीएको

सम्बन्धित समाचार