४ मंसिर, काठमाडौं । बर्दियाको राजापुर नगरपालिका–१० मा बाघको आक्रमणबाट आइतबार एक महिलाको मृत्यु भएको छ ।
नजिकैको जंगलमा घाँस टिप्ने क्रममा बाघको आक्रमणबाट २५ वर्षीया ममता सुनारको मृत्यु भएको प्रहरी उपरीक्षक तुलसीराम अर्यालले जानकारी दिए । यहाँ पछिल्लो चार वर्षमा बाघको आक्रमणबाट ३५ जनाको ज्यान गएको छ । नेपाल–भारत सीमावर्ती राष्ट्रिय निकुञ्ज र जंगल बाघको बासस्थान हो ।
१६२ पटक हेरीएको