८ मंसिर, काठमाडौं । नेपाल सरकारले गाजामा मानवीय विरामको सम्झौतालाई स्वागत गरेको छ, जसले बन्धकहरूको रिहाई र मानवीय सामग्रीको आपूर्तिको लागि मार्ग प्रशस्त गरेको छ।
परराष्ट्र मन्त्रालयद्वारा आज यहाँ जारी विज्ञप्तिमा भनिएको छ, ‘यो समझदारीमा पुग्न सबै देश र पक्षहरू विशेषगरी कतार राज्य, संयुक्त राज्य अमेरिका र अरब गणतन्त्र इजिप्टको कूटनीतिक प्रयासको नेपाल प्रशंसा गर्दछ ।
विज्ञप्तिमा नेपाल सरकारले नेपाली नागरिक विपिन जोशीलाई तत्काल रिहा गर्न पनि आग्रह गरेको छ ।
१५८ पटक हेरीएको