मुख्य समाचार

काठमाडौं महानगरपालिकाले मंसिर १३ गतेदेखि सुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले मंसिर १३ गतेदेखि सुर्तीजन्य पदार्थमा पूर्ण प्रतिबन्ध

१३ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी डिसेम्बर १३, २०२३ देखि आफ्ना ३२ वडामा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउने तयारी गरेको छ ।

कामपाका स्वास्थ्य विभाग प्रमुख रामप्रसाद पौडेलले सोही मितिदेखि महानगरका सबै वडामा प्लाष्टिकमा प्याकेज गरिएका सुर्तीजन्य पदार्थको बिक्री वितरण, भण्डारण र प्रयोगमा पूर्ण निषेध गरिने जानकारी दिए । प्रतिबन्धमा चुरोट, बिडी, सल्फा, कक्कड, प्लास्टिकमा प्याकेज गरिएको काँचो सुर्ती, चपाउने सुर्ती, गुटखा, पान परागलगायत सबै प्रकारका सुर्तीजन्य पदार्थ समेटिएको छ । त्यस्ता सामान बिक्री गरेको पाइएमा केएमसी प्रहरीले नियन्त्रणमा लिनेछ । ‘हामी काठमाडौंलाई स्वस्थ सहर बनाउने अभियानमा छौँ । २९ औँ कामपा दिवसको उपलक्ष्यमा हामीले मानिसको स्वास्थ्य र वातावरणमा प्रतिकूल असर पर्ने सुर्तीजन्य पदार्थको भण्डारण, बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेका छौं,’ पौडेलले भने । कामपाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनको दफा ४२ मा यो व्यवस्था समावेश गरिएको छ । सुर्तीजन्य पदार्थले व्यक्तिगत स्वास्थ्यमा पार्ने प्रतिकूल असरलाई न्यूनीकरण गर्न ऐनलाई कडाइका साथ लागू गर्न लागिएको हो ।

सुर्तिजन्य पदार्थ नियन्त्रण शहरको जनस्वास्थ्य र वातावरण सुधारको लागि प्राथमिक शर्त हो। कामपाले दोस्रो चरणमा हुक्का नियन्त्रण गर्ने कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेको बताइएको छ ।

१६५ पटक हेरीएको

सम्बन्धित समाचार