मुख्य समाचार

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

२२ मंसिर, काठमाडौं । सामाजिक सञ्जालको प्रयोग गरी एक महिलाको चरित्र हत्या गरेको आरोपमा नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले चितवन रत्ननगर नगरपालिका वडा नं १० का ४२ वर्षीय चतुरमान महतोलाई पक्राउ गरेको छ । महतोले युवतीसँग मित्रता राखे र उनको सम्पादन गरेको फोटो, अडियो र भिडियो सामाजिक सञ्जालमा बदनाम गर्न प्रयोग गरे ।

महतोलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत पक्राउ गरी अनुसन्धान भइरहेको ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपति कुमार राईले जानकारी दिए ।

१४३ पटक हेरीएको

सम्बन्धित समाचार