१२ फागुन, काठमाडौं । अवैध बाटो प्रयोग गरी अमेरिका पुगेका आठ नेपालीलाई स्वदेश फिर्ता गरिएको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले अमेरिकी सरकारले उनीहरुलाई चार्टर्ड उडानमा काठमाडौं फिर्ता गरेको राससलाई जानकारी दिनुभयो । ‘अवैध बाटोबाट अमेरिका पुगेका आठ नेपाली बिहीबार काठमाडौं फर्किएका छन्’, उनले भने । उनीहरु अमेरिका कसरी पुगे भन्ने बारे थप अनुसन्धान भइरहेको छ ।
१७८ पटक हेरीएको