समाचार

त्रिवेणीको कोइला जङ्गलमा एक पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

त्रिवेणीको कोइला जङ्गलमा एक पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

दाङ, २५ जेठ । त्रिवेणी गाउँपालिका वडा नं. ३ स्थित कोइलाको जङ्गलमा आज दिउँसो एक पुरुषको शव फेला परेको छ। अन्दाजी ४ बजेको समयमा जङ्गलमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

​अस्थायी प्रहरी पोष्ट कोइलाका अनुसार मृतकको साथमा परिचय खुल्ने कुनै पनि कागजात वा सामान फेला नपरेकाले हालसम्म उनको पहिचान हुन सकेको छैन।

​कानुनी प्रक्रिया र शव परीक्षण (पोस्टमार्टम) का लागि मृतकको शवलाई एम्बुलेन्स मार्फत राप्ती प्रादेशिक अस्पताल तुलसीपुर, दाङ पठाइएको प्रहरीले जनाएको छ। घटनाको थप अनुसन्धान भइरहेको छ।

५१ पटक हेरीएको

सम्बन्धित समाचार