बैँक / वित्त

आगामी पाँच बर्ष भित्र चुक्ता पूँजी बढाएर तीन खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव: नेपाल बिद्युत प्राधिकरण

आगामी पाँच बर्ष भित्र चुक्ता पूँजी बढाएर तीन खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव: नेपाल बिद्युत प्राधिकरण

१४ भाद्र , नेपाल बिद्युत प्राधिकरणले आफ्नो चुक्ता पूँजी बढाउने योजना अघि सारेको छ। उसले आगामी पाँच बर्ष भित्र चुक्ता पूँजी बढाएर तीन खर्ब रुपैयाँ पुर्याउने प्रस्ताव सरकार समक्ष अघि सारेको छ।

प्राधिकरणले पूँजी बढाउने प्रस्ताव अघि सार्दै गर्दा उसले शेयर निष्कासन गर्ने योजना समेत सोही प्रस्तावमा लेखेको छ।

प्राधिकरणले गरेको प्रस्तावमा १० प्रतिशत शेयर निष्कासन गर्ने भनेको छ। प्रिमियममा शेयर निष्कासन गर्ने योजनामा प्रधिकरण छ। चुक्ता पूँजी बढाउनेदेखि शेयर निष्कासन गर्नेसम्मको प्रस्ताव प्रधिकरणको संचालक समितिले पास गरिसकेको छ।

संचालक समितिले गरेको उक्त निर्णय सहितको प्रस्ताव यतिबेला सहमतिको लागि अर्थ मन्त्रालयमा पठाइ सकिएको छ। अर्थको सहमति पाएपछि प्रकिया अघि बढाउने प्रधिकरणको भनाई छ।  “हामी पब्लिकमा जाने हो। त्यो पनि प्रिमियममा जाने हाम्रो प्रस्ताव छ। अहिले हामीले सहमतिको लागि अर्थ मन्त्रालय पठाएका छौ। सहमति भएर आयो र क्याबिनेटबाट स्वीकृत भएपछि मात्रै प्रक्रिया अघि बढ्छ,” प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मेरो लगानीसँग भने।

घिसिङका अनुसार प्राधिकरणले ६० देखि ७० अर्बसम्मको शेयर निष्कासन गर्ने गरि प्रस्ताव गरिएको छ। घिसिङले भनेको ६० देखि ७० अर्ब रुपैयाँको शेयर कसरी निष्कासन हुन्छ भन्ने प्रश्नमा प्राधिकरणकै लेखा शाखाका अधिकारी लोकेन्द्र साउद भन्छन् “प्राधिकरणको बोर्डले चुक्ता पूँजी नै बढाएर लैजाने प्रस्ताव गरेको छ। हाम्रो अहिले चुक्ता पूँजी दुई खर्ब १८ अर्ब भइसकेको छ। अब हामी त्यसलाई बढाउँदै छौ। त्यसको लागि तीन खर्बको अथोराइज क्यापिटल बनाइने प्रस्ताव छ। त्यस आधारमा आजको पाँच बर्षपछि चुक्ता पूँजी पनि तीन खर्ब गर्ने भन्ने छ। त्यहि आधारमा १० प्रतिशत शेयर निष्कासन गर्ने प्राधिकरणको तयारि हो। त्यस आधारमा भन्नु पर्दा पार भ्यालुमै निष्कासन गर्दा पनि ३० अर्बको शेयर निष्कासन हुन्छ। अझै हामीले प्रिमियमा निष्कासन गर्ने भन्दै गर्दा ६० देखि ७० अर्ब रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भनिएको हो।

१४६ पटक हेरीएको

सम्बन्धित समाचार