३१ भदौ, काठमाडौँ । हेटौंडाको साँचो अस्पतालमा भदौ १३ गते दुई चिकित्सकमाथि कुटपिट गर्ने दोषीलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।
घटना भएको चार दिन बितिसक्दा पनि दोषीलाई पक्राउ गरी कानुनी कठघरामा ल्याउन नसक्दा समग्र स्वास्थ्य क्षेत्रमा आतंकको अवस्था सिर्जना भएको संघले जनाएको छ । बिरामीको उपचार गर्दागर्दै डाक्टरले कुटपिट गरेको बताइएको छ ।
दोषीलाई कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी पनि एनएमएले दिएको छ । आइतबार देशभरका स्वास्थ्य संस्था, मेडिकल कलेज, निजी अस्पताल, क्लिनिक लगायतका आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
संघले देशभरका स्वास्थ्य संस्थामा चिकित्सा सुरक्षा बलको व्यवस्थासँगै भयमुक्त वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ ।
१८१ पटक हेरीएको