सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सुशासन र समृद्धिका लागि सूचना प्रविधिको प्रयोग महत्वपूर्ण आधार भएको बताउनुभएको छ ।
राष्ट्रिय युवा परिषद्ले शनिबार आयोजना गरेको तेस्रो नेपाल युवा उद्यमशीलता शिखर सम्मेलनमा ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै मन्त्री शर्माले सूचना तथा प्रविधि क्षेत्रले देशभित्रै युवालाई जोगाउन पुलको काम गरेको बताए । उनीहरुलाई रचनात्मक काममा लगाउने ।
३१ भदौ, काठमाडौँ । डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्दै एकातिर सुशासन, विकास र समृद्धिको बाटोमा अघि बढ्नेछौँ भने अर्कातिर लाखौँ युवाहरू संलग्न भई राष्ट्रिय र सामाजिक एकता कायम गर्न सक्षम हुनेछौँ । उद्यमशीलता र नवीनता मा।
‘सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नवप्रवर्तनमा संलग्न भई आफ्नो उज्ज्वल भविष्यका साथै राष्ट्रको समृद्धिमा योगदान पु¥याउन युवाहरुलाई विशेष अपिल गर्न चाहन्छु’, मन्त्री शर्माले भने ।
सो अवसरमा सरकारका प्रवक्ता समेत रहेका मन्त्री शर्माले सूचना प्रविधि क्षेत्रमा कानून र नीति निर्माण सरकारको प्राथमिकतामा रहेको बताउँदै यस क्षेत्रलाई थप व्यवस्थित बनाउन साइबर सुरक्षा नीति पारित गरिएको बताए ।
साइबर सुरक्षा नीति स्वीकृत भएसँगै साइबर सेक्युरिटी सेन्टर र साइबर सेक्युरिटी ऐन बनाउने बाटो स्पष्ट भएको र सूचना प्रविधि, साइबर सेक्युरिटी, डाटा सेक्युरिटी र सामाजिक साइटको सुरक्षित प्रयोगका लागि मन्त्रालयले कानूनको मस्यौदा तयार गरिरहेको जानकारी दिएको छ ।
मन्त्री शर्माले अहिले देशमा ब्रेन ड्रेन प्रमुख समस्या बनेको बताउँदै आईटी क्षेत्र देशभित्रै राम्रो आम्दानी गर्ने आकर्षक क्षेत्र हुनसक्ने तर्क गरे ।
शर्माले ज्ञानमा आधारित समाज र डिजिटल अर्थतन्त्रको आधार तयार गरिने बताउँदै डिजिटल प्रविधिको अधिकतम सदुपयोग गरी विकास र समृद्धिको लक्ष्य हासिल गरिने बताए ।
मन्त्री शर्माले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गरी सबै क्षेत्रमा डिजिटलाइजेसनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे ।
त्यसैगरी, सरकारले कुल पुँजीगत खर्चको एक प्रतिशत अनुसन्धान तथा विकास (आरएण्डडी) र नवप्रवर्तनमा खर्च गर्ने नीति लिएको उनले बताए ।
१६२ पटक हेरीएको