३१ भदौ, काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले प्रमुख राजनीतिक दलबीच साझा समझदारी कायम गर्दै शान्ति प्रक्रियासँग सम्बन्धित काम टुङ्ग्याइने बताउनुभएको छ ।
स्थानीय पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले शान्ति प्रक्रियाका बाँकी काम लामो समयसम्म टुङ्गोमा पुग्न नसक्दा दुःख लागे पनि अब तार्किक निष्कर्षमा पुर्याउनुपर्ने बताए ।
शान्ति प्रक्रिया शुरु भइसकेपछि चारवटा आम निर्वाचन भएको माओवादी केन्द्रका प्रवक्ताले बताए । उनका अनुसार एक हिसाबले शान्ति प्रक्रिया पूरा भए पनि त्यसका लागि केही काम बाँकी छन्, जसलाई चाँडो टुङ्गोमा पुर्याउनुपर्छ ।
सापकोटाले शान्ति प्रक्रियाको निष्कर्ष घोषणा हुन बाँकी रहेको बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को संयुक्त ३१ भदौ, काठमाडौँ । राष्ट्रसङ्घको महासभामा सहभागीताका सिलसिलामा हुने अमेरिका भ्रमणका क्रममा नेपाली विशेषतासहितको शान्ति प्रक्रिया अगाडि बढिरहेको उनले विश्वलाई जानकारी गराउने बताए ।
उनले नेपालको विशिष्ट विशेषतासहितको शान्ति प्रक्रियाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने र त्यसलाई टुंगोमा पुर्याउन अपिल गर्ने बताए । सापकोटाले जलवायु परिवर्तनको विश्वव्यापी असर र त्यसका कारण नेपालले भोगिरहेको समस्याबारे पनि प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने बताउनुभयो ।
त्यसैगरी प्रधानमन्त्री दाहालले अतिकम विकसित मुलुक (एलडीसी) का अध्यक्षको हैसियतमा विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको सापकोटाले जानकारी दिए ।
उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष दाहाल संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिएपछि न्यूयोर्कबाट सीधै चीनको औपचारिक भ्रमणमा जाने जानकारी दिँदै समयको कमीका कारण स्पष्ट रुपमा लिन आग्रह गरे ।
पार्टी प्रवक्ता सापकोटाले प्रधानमन्त्रीले आफ्नो चीन भ्रमणका क्रममा द्विपक्षीय सम्बन्ध विस्तारलाई अगाडि बढाउने र नेपालको विकास र निर्माणमा चीनको सहयोग लिन आवश्यक तयारी गरेको स्पष्ट पारे ।
पार्टीले ल्याएको राष्ट्रव्यापी रुपान्तरण अभियानले नयाँ जोश जगाएको उनको तर्क छ । उनका अनुसार जनतासँगको सम्बन्ध विस्तार गर्ने अभियानमा विकास निर्माणका काम अगाडि बढाइएको छ ।
माओवादी केन्द्रका प्रवक्ताले पार्टीले सञ्चालित अभियान सकारात्मक दिशामा अघि बढेको र जनताको ठूलो समर्थन प्राप्त गरेको बताए ।
१६८ पटक हेरीएको