१ असोज, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । न्यायाधीशको बढुवा, सरुवा र तीज पर्वका कारण सोमबारको सुनुवाइ स्थगित भएको हो ।
बलात्कारको आरोप लागेका सन्दीपविरुद्धको मुद्दाको सुनुवाइका लागि अर्को मिति तोकिएको छैन ।
केही महिनाअघि सर्वोच्च अदालतले मुद्दाको सुनुवाइलाई द्रुत गतिमा अघि बढाउन आदेश दिए पनि विभिन्न कारण देखाउँदै स्थगित भएको थियो ।
१८७ पटक हेरीएको