१ असोज, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न कारणले विदेशमा रहेका नेपाली नागरिकलाई निर्वाचनमा मतदान गर्ने अवसर प्रदान गरिने बताउनुभएको छ ।
संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा सहभागी हुन हाल अमेरिकामा रहेका प्रधानमन्त्री दाहालले नेपाली नागरिकलाई मतदानको अधिकारबाट वञ्चित हुन नदिने बताउनुभएको छ ।
आइतबार न्यूयोर्कमा नेपाली सञ्चारकर्मीसँगको भेटमा उनले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिइएको बताए ।
अर्कातिर प्रधानमन्त्री दाहालले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न सरकार आवश्यक कदम चाल्न तयार रहेको बताएका छन् । सरकारले अहिलेसम्म गरेका राम्रा र सकारात्मक कामलाई ढाकछोप गरेर बदनाम गर्न केही समूह सक्रिय रहेको उनले बताए ।
१७० पटक हेरीएको