असोज ५, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आगामी सेप्टेम्बर २५ देखि २७ गतेसम्म नयाँ दिल्लीमा आयोजना हुने १३औँ इन्डो–प्यासिफिक आर्मी चिफ्स कन्क्लेभ (आइपीएसीसी)मा सहभागी हुन भारत प्रस्थान गरेका छन् । दिल्ली। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बिहीबार सेप्टेम्बर २४ गते प्रधानसेनापति शर्मा भारत प्रस्थान गर्ने जनाएको छ ।
आइपीएसीसी सम्मेलनको क्रममा हुने ४७औँ इन्डो–प्यासिफिक आर्मीज म्यानेजमेन्ट सेमिनारमा मेजर जनरल योगराज शर्मा र कर्णेल बसन्तबहादुर गौतमको सहभागिता रहनेछ भने प्रमुख वारेन्ट अधिकृत रत्नबहादुर थापा मगर पनि सहभागी हुने टोलीमा सहभागी हुनेछन् । ९ औं वरिष्ठ सूचीबद्ध नेता फोरम।
भदौ ९ गते मन्त्रिपरिषद्को निर्णयबमोजिम नियमित हुने सम्मेलनमा प्रधानसेनापति सहभागी हुन लागेको सेनाले स्पष्ट गरेको छ ।
भारत र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा सहभागी भई सेप्टेम्बर २८ मा प्रधानसेनापतिको नेतृत्वमा रहेको टोली स्वदेश फर्कने कार्यक्रम छ ।
नेपाली सेनाले एक प्रेस विज्ञप्ति मार्फत नियमित रुपमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुनाले मित्र राष्ट्रका सैनिक सङ्गठनहरुबीच सुमधुर सम्बन्ध विकासमा थप टेवा पुग्ने र विभिन्न विषयमा ज्ञान र अनुभव आदानप्रदान गर्ने उपयुक्त अवसर प्रदान गर्ने विश्वास लिएको छ । मानव सुरक्षा मा साझा चासो।
१५८ पटक हेरीएको