असोज ५, काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेशिने नेपालीको संख्यामा उल्लेख्य कमी आएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा आर्थिक वर्ष २०२३/२४ को दोस्रो महिनामा ३३ हजार नेपालीले विदेश जानेको संख्यामा कमी आएको छ ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ लाख ६ हजार ४५९ नेपालीले श्रम स्वीकृति लिएका छन् । यो नयाँ श्रम स्वीकृति लिने र नवीकरण गर्नेको संयुक्त संख्या हो ।
आर्थिक वर्ष २०२२/२३ को पहिलो दुई महिनामा १ लाख ३९ हजार ४ सय ४२ युवाले वैदेशिक रोजगारीमा गएका छन् । २०२२/२३ को तुलनामा २०२३/२४ मा ३२ हजार ९८२ ले घटेको विभागले जनाएको छ ।
१५६ पटक हेरीएको