कोशी

कोशी प्रदेश सरकारमा चार नयाँ मन्त्री थपिए

कोशी प्रदेश सरकारमा चार नयाँ मन्त्री थपिए

असोज ९, काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तारका लागि दुई पूर्ण र दुई राज्यमन्त्री गरी चार मन्त्री थपेका छन् ।

नयाँ मन्त्रीमा लीलाबल्लभ अधिकारी (आन्तरिक मामिला तथा कानून), बुद्धिकुमार राजभण्डारी (खानेपानी, सिँचाइ, ऊर्जा), रामप्रसाद मेहता (प्रदेशः उद्योग, कृषि तथा सहकारी) र निरन राई (राज्यः आर्थिक मामिला तथा योजना) रहेका छन् । । संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मन्त्रीहरुको नियुक्ति गरिएको हो ।

प्रदेश प्रमुख परशुराम खापुङले सोमबार एक समारोहबीच मन्त्री अधिकारी र राजभण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । त्यसैगरी राज्यमन्त्री महता र राईले मुख्यमन्त्री समक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।

१५८ पटक हेरीएको

सम्बन्धित समाचार