गण्डकी

म्याद नाघेका खाद्यवस्तु भण्डारण गर्ने डिपार्टमेन्ट स्टोरलाई जरिवाना

म्याद नाघेका खाद्यवस्तु भण्डारण गर्ने डिपार्टमेन्ट स्टोरलाई जरिवाना

असोज ९, पोखरा । पोखरामा म्याद नाघेका सामान बेच्ने डिपार्टमेन्ट स्टोरलाई जरिवाना गरिएको छ ।

पोखराको रत्नचोकमा रहेको मीनबहादुर स्टोर्सलाई म्याद नाघेका सामान बिक्री गरेको भन्दै जिल्लास्तरीय बजार अनुगमन समितिले रु एक लाख जरिवाना गरेको छ ।

समितिले सोमबार बजार अनुगमन गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक गुरुदत्त ढकालले गुणस्तरहीन वस्तु बिक्री गरेर उपभोक्तालाई ठगी गरेको बताए ।

उक्त पसलमा १२ ग्यालन तोरीको तेल, मसला र दालको प्याकेट, १० थान कुखुराको पटाखे लगायतका वस्तुमा लेबल नराखेको पाइएको थियो । २८ हजार ९६० बराबरको खाद्यवस्तु म्याद नाघेका र खान नमिल्ने फेला परेका छन् । अनुगमन टोलीले ती वस्तुहरू डिस्पोज गरेको थियो। नुनको डिपो पनि सफा गर्न आवश्यक थियो।

पसल सञ्चालक दीपक शेरचनलाई तीन दिनभित्र कागजपत्रसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा हाजिर हुन निर्देशन दिइएको छ ।

त्यस्तै पोखरा–३ पालिखे चोकमा रहेको गौरव ट्रेडर्सले पनि गुणस्तरहीन सामान बिक्री गरेको पाइएको छ । दश हजार जरिवाना गरिएको छ ।

सोही वडाका रेशमलाल श्रेष्ठले सञ्चालित किराना पसललाई बोर्ड राख्न र दर्ता नवीकरण गर्न निर्देशन दिइएको थियो । अनुगमन टोलीले ११ किलो पीठो खान योग्य नभएको भन्दै डिस्पोज गरेको थियो । पसललाई ५ हजार रुपैयाँ जरिवाना गरिएको छ ।

यी पसल तथा पसललाई उपभोक्ता अधिकार संरक्षण ऐन २०६३ को दफा ३८ बमोजिम कारबाही गरिएको हो ।

१२१ पटक हेरीएको

सम्बन्धित समाचार