कर्णाली

‘सहकारी अभियानः प्रदेश समृद्धिको आधार’

‘सहकारी अभियानः प्रदेश समृद्धिको आधार’

असोज ९, कर्णाली । कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले प्रदेशको समृद्धिको आधार सहकारी अभियान भएको बताउनुभएको छ । देशको आर्थिक समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुन्छ ।

वीरेन्द्रनगर–३ सुर्खेतको उत्तरगंगामा सोमबार साना किसान सहकारी लिमिटेडको २७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री शर्माले सो कुरा बताएका हुन् । उनले प्रदेश सरकार सहकारीमार्फत सामाजिक न्याय र आर्थिक समृद्धिमा लागिरहेको बताए ।

सहकारीमा किसान, मजदुर, गरिब जनता, महिला तथा अल्पसंख्यक समुदायको पहुँच बढेको भन्दै उहाँले कृषिमा संलग्न सहकारीलाई प्रवद्र्धन गरिने बताउनुभयो । सहकारीलाई कृषिसँग जोड्दा रोजगारी सिर्जना हुन्छ र उत्पादन बढ्छ ।

उनले सहकारीले किसानलाई कर्जाको आर्थिक अवस्था, ब्याजदरको स्पष्ट जानकारी दिन पनि स्मरण गराए ।

मन्त्री शर्माले सहकारी क्षेत्रमा कृषक तथा अन्य निक्षेपकर्ताले आफ्नो सेयर हिनामिना भएको गुनासो गर्दै आएकाले ऋण परिचालन र शेयरको उपयोग स्पष्ट र पारदर्शी हुनुपर्ने स्मरण गराए ।

सो अवसरमा मन्त्रीले प्रदेशमा साना किसानको अनुगमन र नियमन गर्ने कानुन ल्याउने प्रतिबद्धता व्यक्त गरे । उनले उत्पादनको बजार व्यवस्थापनलाई सहज बनाउन प्रदेश सरकारले बजार व्यवस्थापनका लागि ४० लाख रुपैयाँ विनियोजन गरेको जानकारी पनि दिए ।

उनले मौसमी तथा बेमौसमी तरकारीमा लाग्न सबै किसानलाई आग्रह गरे ।

१६० पटक हेरीएको

सम्बन्धित समाचार