असोज १२, काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीको नीति र आदर्शलाई जनतामाझ पुर्याउन समाजवाद जागरण अभियान शानदार हुने बताउनुभएको छ ।
कात्तिक १ र १६ गते पार्टीको आगामी अभियानबारे जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले पार्टीले अपनाउने वैचारिक दृष्टिकोणलाई अभियानमा देशभर फैलाउने बताए ।
झापाको काँकडभिट्टाको मेची खोलाबाट अभियान सुरु हुनेछ ।
देशका प्रमुख सहरमा समाजवादी अर्थतन्त्रको कार्यान्वयनमा पार्टीको नीतिगत दृष्टिकोणका बारेमा अन्तरक्रिया हुने बताउँदै उनले यस अभियानले तल्लो तहका जनतासम्म पार्टीको वैचारिक अडान पु¥याउन सहयोग पुग्ने बताए ।
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले सामाजिक न्याय, समानता र आत्मनिर्भर अर्थतन्त्रको विशेषतायुक्त वैज्ञानिक आर्थिक प्रणाली लागू गरेर मुलुकलाई समृद्धितर्फ लैजान सकिने विश्वास व्यक्त गर्नुभयो ।
१९७ पटक हेरीएको