खेलकुद

१९ औं एसियाली खेलकुद: नेपाल पब्जीको दोस्रो चरणमा प्रवेश

१९ औं एसियाली खेलकुद: नेपाल पब्जीको दोस्रो चरणमा प्रवेश

असोज १२, काठमाडौं । पब्जी मोबाइल इभेन्ट खेल्दै नेपाली टोली जारी १९ औं एसियाली खेलकुदमा पब्जी मोबाइलको पिस एलिट प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको छ ।

बिहीबार हाङ्जाओ स्पोर्टस सेन्टरमा भएको पहिलो चरणको खेलमा नेपाली खेलाडीले समूह ‘सी’ मा दोस्रो स्थान हासिल गर्दै दोस्रो चरणमा प्रवेश गरेका हुन् । समूहको शीर्ष स्थानमा दक्षिण कोरिया छ ।

समूह ‘सी’ मा नेपाल, मंगोलिया, दक्षिण कोरिया र भियतनाम छन् ।

पब्जी इभेन्टमा नेपालले ५२ मिनेट २०.२८ सेकेन्डमा दुरी खेलेको थियो भने दक्षिण कोरियाले ४७ मिनेट २८.४६ सेकेण्डमा पुरा गरेको थियो ।

यो जितसँगै नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पब्जी खेल्ने टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपालले दोस्रो चरणको खेल शुक्रबार खेल्नेछ । दोस्रो चरणबाट उत्कृष्ट आठ टोली तेस्रो चरणमा प्रवेश गर्नेछन् ।

यसअघि समूह ‘ए’ बाट हङकङ, समूह ‘बी’ बाट चाइनिज ताइपेई र समूह ‘डी’ बाट इन्डोनेसिया दोस्रो चरणमा प्रवेश गरेका छन् ।

१६२ पटक हेरीएको

सम्बन्धित समाचार