खेलकुद

टी–२० त्रिकोणात्मक सिरिजः नेपालले आज फाइनलमा युएईसँग खेल्दै

टी–२० त्रिकोणात्मक सिरिजः नेपालले आज फाइनलमा युएईसँग खेल्दै

कार्तिक ६, काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिजको अन्तिम खेलमा नेपालले आज संयुक्त अरब इमिरेट्स (युएई)सँग खेल्दैछ ।

यो सिरिजअन्तर्गत आइतबार भएको खेलमा युएईले हङकङलाई ६ विकेटले पराजित गरेको हो । आइतबार काठमाडौंको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले हङकङले दिएको १५० रनको लक्ष्य चार विकेटको क्षतिमा पछ्यायो । युएईका कप्तान मोहम्मद वसीमले १७ बलमा चार चौका र तीन छक्का प्रहार गर्दै ४० रन जोडे भने खालिद शाहले ३७ रनको योगदान दिए ।

टस हारेर ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४९ रन बनाएको थियो । बाबर हयातले ४५ बलमा तीन चौका र पाँच छक्का प्रहार गर्दै ६६ रन बनाए ।

त्यस्तै एजाज खानले ४८ रन जोडे । हयात र खानले चौथो विकेटका लागि ११३ रनको साझेदारी गरे । युएईका जहुर खानले चार विकेट लिए भने निलांस केसवानीले दुई ब्याट्सम्यानलाई प्याभिलियन पठाए ।

१४७ पटक हेरीएको

सम्बन्धित समाचार