कार्तिक ६, काठमाडौं । आज महानवमी पर्व माता दुर्गाको विशेष पूजा आराधना गरी मनाइँदैछ ।
घटस्थापनादेखि नवौं दिन अर्थात् चाडपर्वको पहिलो दिनको दिनलाई मानिन्छ । महानवमीका दिन विभिन्न तीर्थस्थलमा देवीदेवतालाई जमरा चढाइन्छ।
दशैंघरमा विशेष पूजा गरिन्छ ।यसैगरी आज घर–घरका साथै विभिन्न तीर्थस्थलमा दुर्गा सप्तशती र देवी स्तोत्रको पाठ गरिन्छ । नवरात्रको अन्तिम दिन आज देशभरका विभिन्न तीर्थस्थलमा पूजाआजा गर्न भक्तजनको भीड लागेको छ ।
यस दिन सुरक्षाकर्मीहरूले कोट पूजा वा हातहतियारको पूजा पनि गर्छन्। यसैगरी आजको दिन संघीय राजधानीको हनुमानढोकास्थित तलेजु मन्दिर पनि भक्तजनका लागि खुला गरिएको छ ।
१५२ पटक हेरीएको