मुख्य समाचार

मनकामना केबलकार सेवा पुनः सुचारु

मनकामना केबलकार सेवा पुनः सुचारु

कार्तिक १०, काठमाडौं । दशैंका लागि तीन दिन बन्द रहेको मनकामना केबलकार सेवा आजदेखि नियमित सञ्चालनमा आएको छ ।

दशैं पर्वको बिदाका लागि असोज २३, २४ र २५ गते बन्द रहेको केबलकार आजबाट सुचारु गरिएको केबुलकार सेवा सञ्चालन गर्ने कम्पनी मनकामना दर्शन प्रालिका नायव प्रबन्धक उज्ज्वल शेरचनले बताए ।

मनकामना केबलकार सेवा २०५५ सालमा स्थापना भएको थियो । चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) देखि गोरखाको शहिद लखन गाउँपालिकास्थित प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर नजिकैसम्म केबुलकार सेवा सञ्चालन गरिएको छ । यो १० मिनेटको सवारी हो।

२०७ पटक हेरीएको

सम्बन्धित समाचार