मुख्य समाचार

राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान

राप्रपा अध्यक्ष लिङ्देन अमेरिका प्रस्थान

कार्तिक १०, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन अमेरिकाको टेक्सासमा हुन लागेको प्रवासी नेपाली एकता समाज, राप्रपा आबद्ध नेपाली डायस्पोरा समुदायको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन बिहीबार साँझ अमेरिका प्रस्थान गरेका छन् । समाजको निमन्त्रणामा उनी अमेरिका गएका हुन् । अमेरिका भ्रमणका क्रममा नेताले सम्मेलनको उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी उनले त्यहाँका नेपाली समुदायसँग भेटघाट तथा अन्तरक्रियाका साथै मोमो फेयरमा प्रमुख अतिथिका रुपमा सहभागी हुने राप्रपा प्रवक्ता तथा पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवस्था परिवर्तन भए पनि जनतामा निराशाले घेरा हालेको बताए । दशैं, तिहार र छठ पर्वको समापनपछि पार्टीको केन्द्रीय समितिको बैठक बस्ने र थप जनदबाबका कार्यक्रम सार्वजनिक गरिने उनले बताए ।

२१४ पटक हेरीएको

सम्बन्धित समाचार